

असाधारण कदम चाल्न सक्छु : सभामुख सापकोटा


काठमाडौँ
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिएका छन्।
संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका हुन्।
दोस्रोपटक गरिएको संसद विघटनबारे विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने क्रममा सभामुख सापकोटाले बिहीबार संविधान र कानुनका जानकारहरुसँग परामर्श गरेका छन्।
उनीहरुले सभामुखलाई संसदको गरिमा, संविधानको रक्षा र लोकतन्त्रका लागि सक्रिय हुन सुझाव दिँएसँगै उनले पनि असाधारण कमदको चर्चा गरेका हुन्।
उनले भने, ‘संविधान, लोकतन्त्र, जनताको अधिकारका लागि असाधरण कदम चाल्न पनि तयार छु। घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्यांकन गरेर अघि बढ्न सक्छु। केन्द्रमा देश र जनताको हित नै हुन्छ। संविधानको मर्म र भावना अनुसार काम गर्न तयार छु।’
तर त्यो असाधारण कदम के हो भन्नेबारे चाहिँ उनले खुलाएनन्। केही कानुनविद्हरुले सभामुखलाई संसद अधिवेशन आह्वानका लागि राष्टपति समक्ष सिफारिस गर्न सुझावका छन्।
तर धेरै जसो कानुनका जानकारहरुले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान उल्लंघन गरे भन्दैमा सभामुख पनि त्यहीँ बाटोमा नजान ध्यानाकर्षण गएका छन्।
संसद विघटनपछि सभामुख सापकोटाले विभिन्न क्षेत्रका व्यक्तिसँग परामर्श गरिरहेका छन्। मंगलबार पूर्वसभामुखहरुसँग कुराकानी गरेका थिए। उनले अबको क्रममा राजनीतिक दलहरुसँग छलफल गर्ने र उनीहरुको सुझावअनुसार अघि बढ्ने जानकारी दिए।
‘म पार्टीहरुसँग छलफल गर्छु, उनीहरु लोकतन्त्रका संवाहक हुन्। यसपछि उहाँहरुसँग म विचार विमर्श गर्छु, सापकोटाले भने।
उनले संसद पुनःस्थापना भएपछि प्रभावकारी भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको स्वीकार गरे। सभामुख सापकोटाले भने, ‘पुनःस्थापित संसदलाई प्रभावकारी नबनाउँदा पनि अहिलेको अववस्था आएको जायज हो। अदालतमा १४६, राष्ट्रपति कार्यालयमा १४९ जना सांसद पुर्याएर जानुभएको छ।’


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया