

फिफा वरीयता : नेपाल १७१ औं स्थानमा यथावत

काठमाडौं
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।
गत महिना पनि नेपाल १७१ औं स्थानमै रहेको थियो । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेल्दै बंगलादेशलाई हराएर उपाधि जितेको थियो ।
विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेलमा लागि हिजो नै नेपाली टिम इराक पुगिसकेको छ ।
यो खेलपछि विश्वकप छनोटमा खेल्न बाँकी जोर्डन, चाइनिज ताइपेइ र अष्ट्रेलियासँगको खेलमा नेपाललाई सहज हुने अनुमान गरिएको छ ।
फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा रहेको छ ।
दक्षिण एसियामा भारत पहिलो, माल्दिभ्स दोस्रो र नेपाल तेस्रो स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया