बाणगंगामा आगामी आर्थिक वर्षको बजेट सीमा निर्धारण

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरको बजेट सीमा निर्धारण गरेको छ । आज बसेको कार्यपालिका बैठकले आर्थिक बर्ष २०७८÷०७९ का लागी बजेट सिमा निर्धारण गरेको हो भने वडागत बजेट सिलिङ पनि वडालाई दिएको छ ।

नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलका अनुसार बजेट सिलिङ निर्धारण गर्दा ४ वटा आधार तय गरिएको छ । जसमा वडाको भौगोलिक बिकटता, क्षेत्रफल, जनसख्या र राजश्वमा पु¥याएको योगदानका आधारमा बजेट तय हुने र रु. ९६ लाख देखि रु.१ करोड ३८ लाख सम्मको बजेट वडाले पाउने पौडेलले जानकारी दिनु्भयो । बाणगंगा नगरपालिकामा आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढि बजेट वडा नः १० ले पाउने प्रवक्ता पौडेलले बताउनुभयो ।

बैठकले बजेट तथा कार्यक्रमको तयारीका लागी कार्यतालिका पनि बनाएको छ । वडा तहका योजना जेठ २५ सम्म नगरपालिकामा लैजाने समय तोकीएको छ भने बजेट सम्बन्धी १३ बुदे मार्गदर्शन पारित पनि बैठकले गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

बैठकले पिपरा अस्पतालको पुर्वाधार निमार्णमा प्रदेश र केन्द्रीय सरकारसगं सहयोग माग्ने निर्णय पनि भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै