

शंकर पोखरेलले भने माधव नेपालको विद्रोह आत्मघाती



रुपन्देही
लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका एमाले नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले गरेको दोस्रो पटकको प्रतिनिधि सभा विघटनको बचाउ गरेका छन् । बिहीबार नेता पोखरेलले ‘प्रतिनिधि सभा विघटन यथार्थ : मेरो दृष्टिकोण’ शीर्षकमा सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै विभिन्न कारणले प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था आएको दावी गरेका छन् ।
पोखरेलले आफ्नै पार्टीका नेता माधव नेपाललगायतको विद्रोहलाई वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था नरहेको दावी समेत गरेका छन् । ‘राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो’, पोखरेलको भनाइ छ ।
साथै उनले नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने बताएका छन् ।
उनले नेपाली राजनीति सत्ता विरोधी मानसिकताबाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति बढ्दो क्रममा रहेको भन्दै विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहँदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो तर त्यसबाट नेपाली राजनीति नै बहुआयामिक द्वन्द्वको शिकार बन्नु परेको जनाएका छन् ।
‘अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ’पोखरेलले जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभाबाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प नरेको समेत बताएका छन् ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया