

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल चढेको गाडी दाङमा दुर्घटना



दाङ
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेकाे गाडी दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ । दाङ तुलसीपुर उद्योग वाणिज्य सङ्घ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको जीपले ३–०१० २२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिँदा केन्द्रीय अध्यक्षसँगै कारमा रहेका नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतम घाइते हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिनुभएको छ ।
कारमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगायतको टोली रहेकाे थियो । पत्रकारको टोली नेपाल पत्रकार महासङ्घ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो । ठक्कर दिने जीपलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया