

गोली लागेर घाइते माओबादी केन्द्र कपिलवस्तुका पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिने


कपिलवस्तु
गत बुधबार राति गोली प्रहारबाट घाइते भएका नेकपा ९माओबादी केन्द्र० कपिलवस्तुका नेता दिपक पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । सोमबार साँझपख पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको अवस्था चिन्ताजनक छ । भैरहवा मेडिकल कलेजमा उहाँले अहिलेसम्म उपचार भैरहेको थियो । उहाँलाई थप उपचारका लागि काठमाडौं पठाइएको नेताहरुले बताएका छन् । कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले पाण्डेलाई लिन हेलिकप्टर पठाएको थियो ।
पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवाबाट तौलिहवा घर तर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का अभियुक्त फरार छन् । उनी को थिए प्रहरीले गोप्य राखेको छ ।



खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया