

स्वास्थ्य सङ्कटकाल लगाउन सक्ने स्वास्थ्य मन्त्री त्रिपाठीको सङ्केत





काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताए ।
देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।
खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनले बताए । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा पाउन सक्ने उनले संकेत दिए । कोरोनाविरुद्धको खोप खरिदका लागि छलफल केही देशहरुसँग अन्तिम चरणको पुगेको उनको दाबी थियो । यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा छलफल भइरहेको उनले बताए ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया