

लुम्बिनी प्रदेशमै पहिलो पटक ‘ट्राफिक लाइट’

रुपन्देही,
रुपन्देहीको तिलोत्तमा नगरपालिका–मणिग्राममा ट्राफिक लाइट जडान भएको छ । तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो । तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो ।
तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा ब्यपारीक मार्गको अत्याधिक ब्यस्त हुने क्षेत्रहरुमा ट्राफिक लाईट जडानको लागी चालु आर्थिक बर्षमा २० लाख बजेट छुट्टयाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । उनले अहिले पहिलो चरणमा मणिग्राममा जडान गरिएको जानकारी दिए ।
आवश्यकताको आधारमा यसलाई ड्राइभर टोल, भलवारी र कोटिहवा लगायतका क्षेत्रमा पनि जडान गरिने प्रवक्ता श्रीले बताए । अहिले नगर क्षेत्रमा सबै भन्दा बढी सवारी चाप हुने क्षेत्र मणिग्राम चोक नै हो, त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेर जडान गर्यौं। उनले भने यसले त्यो क्षेत्र भएर तिव्र गतिमा गुड्ने सवारीहरुलाई नियन्त्रण गरि दुर्घटना न्यूनिकरण हुने अपेक्षा गरेका छौं ।
अहिले जडान भएको सडक बत्ती उच्च गुणस्तरको रहेकोले सोचे भन्दा धेरै लागत परेको प्रवक्ता श्रीको भनाई छ । मणिग्राम रहेको बत्तीले जोखिम न्यूनिकरण गरेको आधारमा नगरको थप भागमा नै अन्य बत्ती जडान गरिने उनले बताए ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया