

आन्दोलनमा लागेको भन्दै सेनाले निलम्बन गर्यो १ लाख २५ हजार शिक्षक

एजेन्सी
नागरिक अवज्ञा आन्दोलनमा सहभागी भएको भन्दै म्यानमारको सैनिक सरकारले १ लाख २५ हजारभन्दा बढी शिक्षकहरूलाई निलम्बन गरिदिएको छ। म्यानमार टिचर्स फेडेरेसनका अनुसार गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसको विरोधमा भएको नागरिक अवज्ञा आन्दोलनमा साथ दिएकाले उनीहरूले तत्काललाई जागिर गुमाउनु परेको बताएको छ।
म्यानमारमा नयाँ शैक्षिक सत्र सुरू हुनुभन्दा केही दिनअघि जुन्ता सरकारले निलम्बनको निर्णय गरेको हो। केही अभिभावक र शिक्षकले नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने बताइसकेका छन्।
म्यानमारका विद्यालयमा चार लाख ३० हजार शिक्षक छन्।
‘यो नागरिकहरूलाई काममा फर्काउनका लागि धम्क्याउने तरिकामात्र हो। यदि उनीहरूले यी सबैलाई जागिरबाट निकाले भने पूरा प्रणाली नै रोकिन्छ,’ फेडेरेसनका एक अधिकारीले भने।
उनीविरूद्ध लागेको मुद्दा पनि काममा फर्किएपछि फिर्ता गर्ने सैनिक सरकारले बताएको छ।
यसबारे सैनिक शासक र शिक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएका छैनन्। सरकारले चलाएको ग्लोबल न्यु लाइट अफ म्यानमार समाचार पत्रले सबै विद्यार्थी र शिक्षकलाई विद्यालयमा फर्कन भनेको छ।
सेनाले सत्ता लिएपछि स्वास्थ्य क्षेत्रका सहित धेरै सरकारी र निजी क्षेत्रका कर्मचारी काम छोडेर नागरिक अवज्ञा आन्दोलनमा लागेका थिए।
झन्डै १९ हजार पाँच सय जना विश्वविद्यालयका कर्मचारीलाई पनि निलम्बन गरिएको शिक्षक समूहले बताएको छ।
जुनबाट सुरू हुने म्यानमारको नयाँ शैक्षिक सत्रका लागि अर्को सातादेखि भर्ना सुरू हुँदैछ। तर केही अभिभावकहरूले आफ्ना सन्तानलाई विद्यालय नपठाउने तयारी गरेका छन्।
‘म मेरी छोरीलाई विद्यायलमा भर्ना गर्ने छैन किनकी म उनलाई सैनिक तानाशाहबाट शिक्षा दिन चाहन्नँ। मलाई उनको सुरक्षाको पनि चिन्ता छ,’ एक अभिभावकले भनेका छन्।
सैनिक शासनविरोधी प्रदर्शनको अग्रमोर्चामा रहेका विद्यार्थीहरूले पनि नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने तयारी गरिरहेका छन्।
‘प्रजातन्त्र पुनर्स्थापित भयो भनेमात्रै म विद्यालयमा फर्किनेछु,’ एक जना १८ वर्षीय विद्यार्थीले भने।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया