

कोरोना भाइरस : भारतीय भेरियन्ट नभन्न सामाजिक सञ्जाल कम्पनीहरुलाई भारतको निर्देशन

काठमाण्डाै
भारतले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले भारतीय भेरियन्ट नभइ बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत भएकाले त्यस्ता सामग्री हटाउन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाललाई निर्देशन दिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका भेरियन्टहरु पहिलो पटक देखिएको ठाउँअनुसार यूके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, भारतीय भेरियन्ट जस्ता नाममा चिनिँदै आएको छ । अघिल्लो महिना भारतले कोरोना महामारी नियन्त्रणलाई लिएर सरकारको आलोचना भएका सामग्री हटाउन सामाजिक सञ्जाललाई निर्देशन दिएपछि सरकारको आलोचना भएको थियो ।
यसैबीच भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार सात सयमा सङ्क्रमण देखिएको र तीन हजार सात सय ८८ जनाको सङ्क्रमणका कारण ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया