मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं

शुक्रबार साँझ साढे ७ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएको सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी गराए।

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बसेको थियो। उक्त बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने भन्दै नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज ५ बजेसम्मको सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

उक्त समयभित्र एमाले अध्यक्ष समेत रहेका ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले आफूसँग बहुमत रहेको दाबी पेश गरेका छन्।

प्रतिक्रिया

खबर सबै