

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष चारमा





काठमाण्डाै
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष चारमा प्रवेश गरेको छ ।
बर्नलीलाई ३-० गोलले पराजित गर्दै लिभरपुलले अर्को च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको हो । लिभरपुलका लागि फिर्मिनो, फिलिस्प र अक्सलाइ चेम्बरलिनले एक/एक गोल गरेका हुन् । जितसँगै लिभरपुल ६६ अङ्कसहित चौथो स्थानमा रहेको छ ।
यस्तै एभर्टनले वुल्भ्स्लाई १-० गोलले पराजित गरेको छ भने न्यू क्यासलले सेफिल्ड युनाइटेडलाई १-० गोलले हराएको छ । एस्टोन भिल्लाले टोटन ह्यामलाई २-१ गोलले पराजित गरेको छ ।
यस्तै क्रिस्टल प्यालेससँगको खेलमा आर्सनल ३-१ गोलले विजयी भएको छ । लिगमा छनोट हुने आशासहित मैदानमा उत्रिएको वेष्ट ह्याम युनाइटेडले वेस्ट ब्रुमलाई ३-१ गोलले पराजित गरेको छ । इङ्ग्लिस प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया