

कोरोनाका कारण २० जिल्ला अति जोखिममा


काठमाण्डाै
कोरोना भाइरस सङ्क्रमणबाट काठमाण्डौ उपत्यकासहित २० जिल्ला अति जोखिममा छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, काभ्रे, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी जोखिममा छन् । यी जिल्लाहरुमा सङ्क्रमितको संख्या धेरै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १३ हजार नाघेको छ ।
देशभर ७ सय ८ क्वरेण्टीनमा छन् । १ हजार २ सय ५९ आईसीयू र ४ सय सङ्क्रमित भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश-१ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश-२ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा ५ सय २९ जना आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन्।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया