

प्यालेस्टाइनमा इजरायलको बमबारीमा ५८ बालबालिकासहित कम्तिमा १९२ को मृत्यु





इजरायल–प्यालेस्टानइन तनावबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठक आइतबार बसे पनि एउटा संयुक्त विज्ञप्ति निकाल्ने विषयमा समेत सहमति हुन सकेन । चीनले संयुक्त राज्य अमेरिकाले परिषद्लाई एक मत भएर बोल्न अवरोध पुर्याएको आरोप लगाएको छ ।
बाइडेनको समर्थन इजरायललाई
प्यालेस्टाइनी नागरिक मारिने संख्या बढ्दै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो तनावलाई सम्हाल्न खेलेको भूमिकाको आलोचना भइरहेको छ । एकै परिवारका १० सदस्य मारिएको तथा अल जजिरा, एसोसिएटेड प्रेस लगायत समाचार संस्था रहेको ११ तल्ले भवन ध्वस्त भएको दिन बाइडेनले पुनः इजरायलप्रति समर्थन व्यक्त गरे ।

शनिबार अमेरिकी राष्ट्रपतिले इजरायलका प्रधानमन्त्री नेतान्याहूसँग टेलिफोन गरेर हमासको रकेट आक्रमणविरुद्ध आफ्नो रक्षा गर्ने अधिकारलाई आफ्नो पूर्ण समर्थन रहेको दोहोर्याएको ह्वाइट हाउसले जनाएको छ । तनाव कम गर्न आग्रह गरे पनि वासिङटनले तत्काल आक्रमण बन्द गर्न भने भनेन ।

पछिल्लो तनाव कसरी भड्कियो ?
गाजापट्टीमा केही दिनदेखि चलिरहेको भीषण बमबारी २०१४ मा गाजामा भएको इजरायली युद्ध यता अहिलेको आक्रमण सबैभन्दा ठूलो हो ।
शेख जर्राह विस्थापन
ईजरायलको पूर्वी जेरुसलेम नजिकको शेख जर्राहबाट प्यालेस्टाइनी परिवारलाई जर्बजस्ती हटाइएपछि आक्रोश बढ्दो छ, यी जनताले १९७२ देखि विभिन्न संस्थाहरूद्वारा हालिएका मुद्दाहरु सामना गरिरहेका छन् । प्यालेस्टाइनी परिवार बसेको जमिन वास्तविक रुपमा यहुदीको स्वात्मिवमा रहेको ती संस्थाको दाबी छ । तर जेरुसलेमबाट प्यालेस्टाइनी हटाउने र यसलाई यहुदी बहुसंख्यक यहुदीहरुको शहरका रुपमा परिचित गराउने आधिकारीक इजरायली नीतिको विस्तारितस्वरुपका रुपमा प्यालेस्टाइनीहरुले यस कदमलाई हेरेका छन् ।
योजनाबद्ध विस्थापनले ‘युद्ध अपराध’ निम्त्याउनसक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । अप्रिलको अन्त्यदेखि प्यालेस्टाइनी जनता र इजरायली पुलिसबीचको द्वन्द्व निरन्तर बढेको थियो । अक्टुबर २०२० मा इजरायली अदालतले चारवटा प्यालेस्टाइनी परिवारले आफ्नो घर खाली गर्नुपर्ने आदेश सुनाएको थियो, उनीहरुलाई घर छाड्नका लागि २ मेसम्मको समयसीमा तोकिएको थियो । तर अदालतले यो समयसीमा त्यसयता दुईपटक थपिसकेको छ ।
भर्खरै मात्र रमादनको व्रत तोड्दै इफ्तरको भोजका लागि प्यालेस्टाइनीहरु भेला भएका बेला त्यहाँ झडप निम्तियो, उनीहरुलाई घरबाट निकालियो । त्यसयता यी परिवारले इजरायलको सर्वोच्च अदालतमा उजूरी दिएका छन् । बिहीबार राति कम्तिमा ३० जना घाइते भए र १५ जना पक्राउ परे ।
अल अक्सा कम्पाउन्डको भीडन्त र भागदौड
शुक्रबार ईस्लामको तेस्रो ठूलो पवित्रस्थल अल अक्सा मस्जिद परिसरमा रमादानको अन्तिम शुक्रबार प्रार्थना गर्नका लागि उपस्थित भएका दशौं हजारले विरोध प्रदर्शन गरे । प्यालेस्टाइनी परिवारलाई जर्बजस्ती निकालिएको विरोधमा यो प्रदर्शन भएको थियो । प्रहरीले रबरको गोली र स्टन ग्रिनेडहरु प्रदर्शनकारीमाथि प्रहार ग¥यो र त्यसको विरोधमा उनीहरुले डुंगा हाने । यस घटनामा २ सय ५ जना प्यालेस्टाइनी र १७ जना इजरायली अधिकारीहरु घाइते भएका थिए ।
हिंसात्मक सप्ताहन्तपछि इजरायली सुरक्षा फौजले सोमबार अल अक्सा कम्पाउन्डमा दंगा मच्चायो, प्रार्थनामा भएकामाथि फेरि रबरको गोली, टियर ग्याँस र स्टन ग्रिनेड हानियो । अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको यस घटनामा ३ सयभन्दा धेरै प्यालेस्टाइनी घाइते भए । २० भन्दा धेरै इजरायली अधिकारी पनि घाइते भए ।
त्यही दिन हमासको घोषणा आयो । ईजरायललाई अल अक्सला परिसर र सेख जर्रा वरपरबाट साँझ ६ बजेसम्म आफ्ना सुरक्षाकर्मी हटाउन अल्टिमेटम दिइएको हमासले जनाएको थियो ।
इजरायली हवाई हमला, हमासको रकेट आक्रमण
इजरायली सेनाका अनुसार हमासले मंगलबार बिहानसम्म झन्डै २ सयवटा रकेट इजरायलतर्फ पठाएको थियो, यसमध्ये धेरैलाई ईजरायली आइरन डोम डिफेन्स सिस्टमले असफल बनायो, जेरुसलेममा धेरै निशाना साँधिएको थियो । घटनामा कम्तिमा दुईजना इजरायली मारिए ।
यही दिन इजरायलले गरेको हवाई हमलाले अपार्टमेन्ट भवनहरुसहित अन्य धेरै ठाउँमा निशाना बनायो, घटनामा बालबालिकासहित कम्तिमा २६ जना प्यालेस्टाइनी मारिएको गाजाका स्वास्थ अधिकारीहरुले मंगलबार जानकारी दिए ।
युद्धविरामका लागि अन्तर्राष्ट्रिय आग्रह आएपनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार गाजामा आक्रमणको फ्रिक्वेन्सी अझै बढ्ने घोषणा गरे ।
इजरायलले आक्रमण बढाएमा त्यसको सामना गर्न आफ्नो समूह तयार रहेको हमासका नेता ईस्मेल हानियाले जवाफ दिए । ‘यदी उनीहरु युद्ध चाहन्छन् भने प्रतिरोधका लागि तयार छौँ र यदी उनीहरु आक्रमण बन्द गर्न चाहन्छन् भने प्रतिरोध तयार छ,’ उनले भने ।
मध्यपूर्वका शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर विन्निसल्यान्डले अहिलेको अवस्था ‘पूर्ण स्केलको युद्धतर्फ’ अघि बढिरहेको चेतावनी दिएका छन् ।
रातोपाटी अनलाईनबाट


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया