

नेपालमा पनि देखिन थाल्यो अरब सागरमा विकसित आँधीको प्रभाव


काठमाण्डाै – अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिन थालेको छ । तौ ते नाम गरेको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाण्डौ उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
‘अहिले आकाशको उचाइमा सेतो, गह्रा–गह्रा परेको बादल छ, त्यो अरब सागरबाट आएको बादल हो, कम उचाइमा रहेको बादल भने पश्चिमी न्यून चापीय र स्थानीय वायू हो’, अर्यालले भन्नुभयो ।
सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो । पर्सि बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकोले भरे बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभावबारेमा थप थाहा हुने मौसमविद अर्यालले बताउनुभयो ।
आरोहणमा नजान सुझाव
अहिले आरोहीहरु सगरमाथा सहित देशका विभिन्न हिमालमा आरोहणका लागि अनुकूल मौसम पर्खिरहेका छन् । तर अब केही दिन मौसम प्रतिकूल हुने भएकोले आधार शिविरबाट माथि नजान मौसम पूर्वानुमान् महाशाखाले आग्रह गरेको छ । अरब सागरमा विकसित आँधीका कारण नेपालका हिमाली क्षेत्रका मौसम प्रतिकूल हुने भएकोले आरोहणमा नजान र माथिल्ला शिविरमा पुगेकाहरुलाई पनि तल सुरक्षित ठाउँमा झर्न अनुरोध गरेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया