

मदन–आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोडौँ : पूर्वप्रधानमन्त्री डा. भट्टराई


काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति बन्द गर्न बताएका छन्। मदन–आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले त्यो नगर्न सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सुझाएका हुन्।
पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्। ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौँ’, उनले लेखेका छन्, ‘नत्र वहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।’
मदन–आश्रितको २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय जिब दुर्घटनामा ज्यान गएको थियो। आश्रितको जिबमै शव भेटिएको थियो भने भण्डारीको लाश तीन दिनपछि नारायणी नदी किनारमा भेटिएको थियो।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया