

प्रधानमन्त्री ओलीको शपथविरुद्ध सर्वोच्चमा रिट


काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । गएको वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दासमेत प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको शपथलाई लिएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसी रिट निवेदन लिएर सर्वोच्च पुग्नुभएको हो । उहाँहरूले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रो पटक शपथ गराउन माग गर्नुभएको छ ।
यस्तै अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीकाे शपथ र प्रधानमन्त्रीले गर्नुभएकाे सात मन्त्रीको नियुक्तिविरुद्ध अर्को रिट निवेदन पेस गर्नुभएको छ । तर दुवै रिट निवेदन दर्ता भने भएको छैन ।
रिटमा सङ्घीय संसद् सदस्य नरहेकालाई पुनः नियुक्त गर्नु संविधान विपरीत हुनेसमेत भनिएको छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया