

बिहे भोजमा सहभागी हुँदा कोरोना : एकै परिवारका चार जनाको मृत्यु





बागलुङ
बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणको कारण १५ दिनको अवधिमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
बडिगाड गाउँपालिका–४ जलजलामा कोरोना संक्रमणको कारण बुवा, दुई छोरा र एक छोरीले ज्यान गुमाएका हुन्। स्वास्थ्य मापदण्डको पालना नगरी विवाह भोजमा सहभागी हुँदा उनीहरुमा संक्रमण फैलिएको स्थानीयले बताएका छन्।
उनीहरु गएको वैशाख ११ गते विवाह भोजमा सहभागी भएका थिए। परिवारका ज्येष्ठ सदस्य ८७ वर्षीय बुवा, ५४ वर्षीय छोरी, ५१ वर्षीय छोरा र ४० वर्षीय छोराको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।
वैशाख १७ गते बुवा, वैशाख ३० गते ४० वर्षीय छोरा, वैशाशाख ३१ गते ५१ वर्षीय छोरा र जेठ १ गते ५४ वर्षीया छोरीको मृत्यु भएको हो। १५ दिनको अवधिमा एकै परिवारका चार सदस्यले कोरानाकै कारण ज्यान गुमाएपछि गाउँ नै शोकाकूल भएको स्थानीय विष्णु भुषालले बताए।
बिहे भोजपछि क्रमशः बिरामी परेका उनीहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। भोजमा सहभागी भएको एक सातापछि उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिन थालेको थियो।
भोजमा सहभागी भएका सोही गाउँका अन्य दुई जनाले पनि ज्यान गुमाएका स्वास्थ्य कार्यालयले जनाएको छ।
बिहे भोजबाटै कोरोना संक्रमित भएका केहीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित केही अझै पनि आफ्नै घरमा छन्।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया