

आत्मसमर्पण क्रान्तिप्रति गद्दारी होः घनश्याम भुसाल


काठमाडौं ।
नेकपा एमालेका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा एमाले विभाजन गर्न खोजिएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्नेहरु अहिले एमाले विभाजन गर्न खनाल र नेपाललाई गाली गरिरहेको भुसालको भनाइ छ ।
सामाजिक सञ्जालमा भुसालले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजिदैछ ।’
चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटनको प्रयास भएको तर्फ पनि भुसालले संकेत गरेका छन् । ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावी खण्डन हुँदैन’, भुसालले लेखेका छन् ।
उनले विद्रोहले क्रान्तिलाई योगदान गर्छ भन्ने प्रष्ट नभए पनि आत्मसमर्पण नगर्ने उनले चेतावनी पनि दिएका छन् । आत्मसमर्पणलाई भुसालले क्रान्तिप्रतिको गद्दारी भनेका छन् । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालले लेखेका छन् ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया