कपिलवस्तुमा कोरोनाका कारण थप ७ जनाको मृत्यु

कपिलवस्तु
कपिलवस्तु जिल्लामा कोरोना संक्रमण दिन दुईगुण रात चौगुणा भने जस्तै बढीरहेको छ । पछिल्ला केही दिनमा संक्रमितको संख्या ह्वात्तै बृद्धी भएको छ । अघिल्ला तथ्याङ्कहरुको तुलनामा पछिल्लो एक सातामा संक्रमितको दर र मृत्यु दर पनि बृद्धि भईरहेको पाइएको हो ।

कपिलवस्तु जिल्लामा आज साँझ सम्म आईपुग्दा कोरोनाका कारण अहिले सम्म ८५ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै कपिलवस्तुमा ७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोलक पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

यस्तै यसै समयमा कपिलवस्तुमा थप ८६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा अहिले सम्म ३ हजार ६ सय ६ जनामा संक्रमण पुष्टि हुँदा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै १२ सय भन्दा बढी पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो बिचमा एन्टिजेन विधिमार्फत जाँच गरिएकाहरुको रिर्पाेट आउने क्रम चलिरहेका कारण संख्या बृद्धी हुने घिमिरेले जानकारी दिनुभयो । कपिलवस्तुका नागरिकहरुको पिसिआर र एन्टिजेन रुपन्देहीका विभिन्न अस्पतालहरुमा परिक्षण हुने गरेको छ ।

प्रतिक्रिया

खबर सबै