लकडाउनमा पनि रोकिएन तस्करी

वीरगंज
सशस्त्र प्रहरी बल (बिओपी)सबैठवाको मिलोमतोमा लत्ताकपडा , गाई भैसी, हाडयेवर लगाएतको तस्करी शुरु भएको छ।

विश्वब्यापी महामारीको रुप लिईरहेको कोभि–१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले विगत एक सप्ताह देखि लकडाउन गरेपनि पर्सा जिल्लाको सबैठवा नाकावाट व्यापकरुपमा गाई , भैसी लत्ताकपडाको तस्करी सशस्त्र प्रहरीको मिलोमतोमा शुरु भएको छ ।

सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल १३ नम्बर गण प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्का पर्सा जिल्लाको जिम्मेवारी सम्हालेका दिन देखि नै सशस्त्र प्रहरी बल (बिओपी) सबैठवा प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेल मार्फत लाखौं रुपैयाको नजराना बुझि तस्करीको लाईन सुचारु गराउदै आएका छन्।

प्रहरी उपरीक्षक खडकाको गैर जिम्मेवारीको कारणले सो नाकावाट अहिले सशस्त्र प्रहरी बल (बिओपी ) सबैठवाका प्रमुख प्रहरी निरीक्षक भुजेलको सहयोगले भारतवाट रातिको समयमा १ सय देखि ४०० सयको हराहरीमा खेस्राहाको नहर वाटो प्रयोग गरि पोखरिया बजार भई परवानीपुर सम्म पुर्‍याउने गरेको नाम नछाप्ने सर्तमा एक तस्करले बताएका छन् ।

सशस्त्र प्रहरी बल प्रदेश नम्बर दुई प्रमुख डिआईजी चन्द्र प्रकाश गौतमले पुर्णरुपले तस्करी बन्द गरन निर्देशन दिए पनि सशस्त्र प्रहरी उपरीक्षक खडका र सशस्त्र प्रहरी निरीक्षक भुजेलले निर्देशन विपरीत डिआईजी गौतमको नाऊमा लाखौं रुपैया तस्करहरु संग असुली गरि सबैठवा नाकावाट रातिको समयमा भारतवाट नेपाल तर्फ गाई, भैसी , र लत्ताकपडा र नेपालबाट पेट्रोल , डिजल लगाएतको सामानहरुको तस्करी भईरहेको प्रत्यक्षदर्शिहरुले बताएका छन्।
यस्ता प्रमुखहरुको कारणले पूरा संगठन बदनाम भइरहेको हुनाले यश गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

प्रतिक्रिया

खबर सबै