बिरामी बोक्न मान्दैनन् बाणगंगाका एम्बुलेन्स

राधा पाण्डे, कपिलवस्तु

देशमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण दर बढदै जादा संक्रमितलाई अस्पताल सम्म पुर्याउन बाणगङगा नगरपालिकाका एम्बुलेन्सले आनाकानी गरेका छन् ।

पालिकाले जनतालाइ ६ वटा एम्बुलेन्सबाट सेवा दिइदै आएको दाबी गरेपनी जब बिरामी सिकिस्त हुन्छन् तब अस्पतालसम्म बिरामी लैजान असुबिधा भएको र सर्बसाधारणले फोन गरेपछि स्विच अफ गरि गैर जिम्मेवार पना देखाएको गुनासो गरेका छन् ।
यो हो बाणगङगा नगरपालिका वडा नम्बर १ का मन्द्रेली टोल र जितपुरका बासिन्दाको गुनासो ।
बिहिबार राती साढे १२ बजे मन्द्रेली टोलका र जितपुर निवासी १/१ जना बिरामीलाई स्वास्प्रस्वासमा समस्या भएपछी राती अस्पतालसम्म बिरामी पुर्याउन निकै हात जोड्दा पनि आनाकानी गरिएको बिरामिका आफ्न्तले गुनासो गरे । उनले नगर प्रमुख मङ्गलप्रसाद थारुलाइ फोन गर्दा स्विच अफ भनेको, उप प्रमुखको फोन नउठेको गुनासो गर्दै दुखमा काम नलाग्ने जन प्रतिनिधि किन चाहियो भन्दै आक्रोश ब्यक्त गरे ।

बिरामिको अवस्था कमजोर हुँदै गएपछी तौलिहवा अस्पतालसम्म पुर्याउन वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारी र जनताको रोहबरमा निजि गाडिमा अस्पताल पुर्याउन बाध्य भएको बताएका छन् ।
यता बिरामिका परिवारको गुनासो आएपछि हामिले नगर प्रमुखलाइ सम्पर्क गर्ने प्रयास गरेका थियौं तर सम्पर्क हुन सकेन ।

यस्तै नगर प्रबक्ता बिष्णु प्रसाद पौडेलले बिरामिको सेवामा हरपल खटिरहन नगर भित्रका एम्बुलेन्सहरुलाइ आग्रह गरिएको र काम गरिरहेको दाबी गर्नुभयो ।
वडा अध्यक्ष पन्त अधिकारिले जनप्रतिनिधिको हिसाबले आफुले सक्दो सहयोग गरिरहने बताउनु भयो । यो विषम परिस्थितिमा हामिले सहयोग नगरे कस्ले गर्ने भन्दै दिन या रात होस् आफुले गर्ने सहयोग अनबरत रुपैया अगाडी बढिरहने बताउनुभयो ।

अहिले नगरपालिका भित्र एउटा मात्रै आइसोलेसन सेन्टर संचालित छ । सो आइसोलेसन सेन्टरमा २२ जना स्वास्थ्यकर्मी बिरामिको हेरचाह खटिएका छन् । बिरामीको अवस्था जटिल र स्थान नपुगेपनि यो बाहेक अन्य ठाउँमा अब आइसोलेसन सेन्टर बनाउन नसकिने स्वास्थ शाखा प्रमुख ठगराज पौडेलले दाबी गर्नुभयो ।

पालिकामा पछिल्लो तथ्यांक अनुसार १ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । ४ जना बुटवल र चितवन अस्पतालमा , ४ जना बुङ्चिको आइसोलेसनमा र बाकी होम आइसोलेसनमा रहेको स्वास्थ शाखा प्रमुख पौडेलले बताउनुभयो ।
सबैमा लक्षण देखा परेको नगरले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै