

संक्रमितलाई घरमै पुगेर डाक्टरले सेवा दिन थाले



नेपालगञ्ज ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ मा होम आइसोलेसनमा बसेका संक्रमितलाई घरमै पुगेर डाक्टरले सेवा दिन थालेका छन्।
वडा नं. १ का अध्यक्ष एवं नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आफ्नो वडामा रहेका संक्रमितलाई सेवा दिन डाक्टर घरमै पुगेको बताए। उनका अनुसार डाक्टरले घरमै पुगेर उपचार तथा आवश्यक काउन्सिलिङ दिन सुरु गरेका हुन्।
शनिबार बिहान डा. पारस श्रेष्ठ, स्टाफ नर्स सुमन गिरी लगायतको टोली वडा नं. १ को घरघरमा पुगेर बिरामीको उपचार गरेका छन्। पहिलो दिन डाक्टरको टीमले १२ घरमा पुगेर सेवा दिएका थिए। वडाध्यक्ष रिजालले संक्रमितलाई अक्सिमिटर, थर्ममिटर, औषधि दिइएको बताए। घरमा पुगेका स्वास्थ्यकर्मीले बिरामीको अक्सिजन नापेका थिए। अध्यक्ष रिजालले दिनमा दुई पटक स्वास्थ्यकर्मीको टोली घरघरमा पु¥याउने रणनीति बनाइएको छ।
बिरामीलाई अप्ठेरो भएर फोन आएमा जतिबेला पनि डाक्टर घरमा पुग्न सक्ने वडाध्यक्ष रिजालले बताए। वडा नं. १ मा डेढ सय संक्रमित छन्। नेपालगञ्जमा वडा नं. १ ले पहिलो पटक यस्तो सेवा सुरु गरेको छ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया