

चीनबाट ४ सय खाली सिलिण्डर ल्याउँदै


काठमाण्डाै
सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिण्डर ल्याउने भएको छ ।
उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलकाे अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने निर्णय गरेकाे हाे । सिलिण्डर ल्याउनका लागि पर्सि नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।
बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारकाे अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिण्डर ल्याउन थालेको हो । कोरोनाको संक्रमण बढेसँगै नेपालमा अहिले अक्सिजनको माग बढेको छ । तर, सिलिण्डर अभाव हुँदा बिरामीको उपचार प्रभावित हुँदै आएको छ ।
सरकारले स्वास्थ्य क्षेत्र बाहेकमा अक्सिजन सिलिण्डर प्रयोग भएको भए फिर्ता गर्न आग्रह गर्दै आएको छ भने यस्ता सिलिण्डर सङ्कलनका लागि अभियान पनि सुरु भएको छ ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया