

हिमाली जिल्लामा संक्रमण बढ्दै


हुम्ला
कर्णालीका हिमाली जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमितको संख्या बढे पनि अक्सिजन र भेन्टिलेटरको सुविधा नहुँदा संक्रमितको उपचारमा समस्या छ ।
यातायातको सुविधा नहुँदा कर्णालीका हिमाली जिल्लामा हेलिकप्टर चार्टरको विकल्प छैन । मुगुमा चार दिनमै ३० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ७ जनाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा र ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । शय्या अभावमा अन्य संक्रमित होम आइसोलेसनमै बस्न बाध्य छन् ।
जटिल समस्या देखिएका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको निमित्त जिल्ला स्वास्थ्य सेवा प्रमुख ज्ञानसिंह बुढाले बताए । उनका अनुसार सामान्य अवस्थाका संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ । अहिले एन्टिजेन विधिबाट दैनिक १० जनासम्मको परीक्षण भइरहेको उनले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयका अनुसार परीक्षण गरिएकामध्ये कम्तीमा ८० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।
अक्सिजन र भेन्टिलेटरको सुविधा नहुँदा अस्पतालमा भर्ना भएका संक्रमितलाई उपचार गर्न समस्या भएको उनले बताए ।
निषेधाज्ञा जारी
कोरोनाका संक्रमितको संख्या बढेपछि मुगुमा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञापछि सदरमुकाम गमगढी बजार सुनसान बनेको छ । होटल र पसलहरू बन्द भएका छन् भने स्थानीयको आउजाउ रोकिएको छ । सरकारी तथा गैरसरकारी निकायका सेवा प्रवाह पनि बन्द भएको छ । कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताए ।
११ संक्रमित थपिए
हुम्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ । ‘अब सचेत नहुने हो भने संक्रमणको अवस्था निकै डरलाग्दो हुने देखिन्छ,’ कार्यालयका सूचना अधिकारी भक्ति फडेराले भने, ‘संक्रमण फैलन नदिन सचेतना कार्यक्रमलाई जारी राखेका छौं ।’
जुम्लामा संक्रमण उच्च
जुम्लामा पनि कोरोना संक्रमितको संख्या उच्च देखिएको छ । जुम्लामा दैनिक २० जनालाई पीसीआर परीक्षण गर्दा करिब १० जनामा संक्रमण देखिन थालेको छ । जुम्लामा कोरोना संक्रमित हुनेको संख्या ८८ पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक राजीव शाहले बताए । उनका अनुसार त्यसमध्ये २० जनाको प्रतिष्ठानको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रतिष्ठानमा १ सय १० थान अक्सिजन सिलिन्डर र १५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।
कान्तिपुरबाट साभार


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया