

चार महिनादेखि वेपत्ता संचारकर्मी वलीको कंकाल भेटियो




दाङ
चार महिनादेखि वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल फेला परेको छ। गत माघ १५ गतेदेखि घोराहीबाट वेपत्ता रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी वलीको कपडा र जुत्तासहित मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।
घोराही उपमहानगरपालिका १६ को बाँघखोर सामुदायिक वनमा उक्त कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए। कंकालसहित भेटिएको पाइन्ट, घडी, जुत्ता वलीकै भएको परिवारले बताएको छ।
शव गलेको अवस्थामा भेटिएकाले कंकाल वलीको हो या हैन भन्ने पहिचान खुलेको छैन। अहिले डिएनए पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली गत १५ माघमा क्याम्पसबाट डेरा फर्किएका र त्यसै दिनबाट वेपत्ता भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया