कपिलवस्तुु जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्दै, निषेधाज्ञा हुन् सक्ने प्रवल सम्भावना

राधा पाण्डे

विश्व महामारी रुपमा फैलिएको कोरोना भाईरसले नेपाल सहित अन्य देशमा पनि यसको असर तिव्र गतिमा परेको छ ।

नेपालका विभिन्न जिल्लामा यतिबेला निषेधाज्ञा जारी रहेको छ भने कपिलवस्तुमा पनि निषेधाज्ञा लगाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले इसाझाकुरा कुरालाई बताउनु भएको छ ।

पाण्डेले भन्नुभयो- आज ११ बजे जिल्ला कोभिड व्यवस्थापन समिति सहितको बैठक बस्दै छ यसले निषेधाज्ञा लगाउने निर्णय गर्ने उहाँले बताउनु भएको छ ।

पाण्डेले जोड्नुभयो हिजोका दिनमा आफ्नो फोन नउठेको कुरा केहि अनलाइनमा समचार आएपनि आफ्नो कुरा नबुझि समाचार राखेकोमा गुनासो गर्नुभएको छ ।

आफ्नो कार्य व्यवस्ताका कारण फोन नउठे पनि नबुझि समाचार प्रकाशन गरेकोमा गुनासो गर्नुभयो। हाल कपिलवस्तुमा पनि कोरोनाका संक्रमितको संख्या दैनिक बढिरहेको  छ भने मृतकको संख्या पनि बढिरहेको छ ।

प्रतिक्रिया

खबर सबै