कपिलवस्तुमा कोरोना सक्रिय संक्रमितको संख्या ४२९ पुग्यो , सबै भन्दा बढी वाणगंगामा

कपिलवस्तु
कपिलवस्तु जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार जिल्लामा सक्रिय संक्रमितको संख्या ४२९ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्ला स्थित वाणगंगा नगरपालिकामा सबै भन्दा बढी ९५ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । भने सबै भन्दा कम संक्रमित मायादेवी गाउँपालिकामा रहेका छन् । मायादेवी गाउँपालिकामा सक्रिय संक्रमितको संख्या १ रहेको छ ।
यस्तै शनिबार कोरोनाका कारण दुई जनाको ज्यान गएको छ ।

जिल्लाको बुद्धभुमि नगरपालिका १० का २८ बर्षिय महिला र मायादेवी गाउँपालिका २ का३७ वर्षिय पुरुषको आज ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
शनिबार सम्म जिल्लामा मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै