

बन्ने भयो कपिलवस्तु अस्पतालमा २२ बेडको कोरोना अस्थायी अस्पताल





कपिलवस्तु ।
कपिलवसतु अस्पतालको मातहतमा रहने गरी तौलिहवा स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयमा संचालनमा ल्याउन लागिएको कोरोना अस्थायी अस्पतालको तयारी तीब्र पारिएको छ ।
कोरोना अस्पताल संचालनकालागि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बिशेष पहल गरेका हुन । अस्पतालमा २२ जना बिरामी राख्ने बेड, अक्सिजनका सिलिन्डर लगायतका अन्य आवश्यक सामाग्रीहरु धमाधम ल्याइएका छन । सो स्थानमा एक महिना अघि नै पिसिआर मेशीन जडान गरी परिक्षण सूरु भई सकेको छ ।
कोरोना अस्पताल संचालन र ब्यवस्थापनकालागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको अस्पतालका मेशु किशोर बन्जाडेले बताए । ६ महिना अघि पिसिआर मेशीन संचालन र ब्यवस्थापनकालागि पालिकाका प्रमुखले ६÷६ लाख दिने लिखित प्रतिबद्धता गरे पनि कपिलवसतु नगरपालिका बाहेक अहिले सम्म कसैले नदिएको मुेसु बन्जाडेले बताए । मेयर सिंहले कोरानाका कारण बिरामीहरु उपचारबाट बंचित भएको बेला आफुले कोरोना अस्पाल संचालनकालागि अघि बढन मेसु बन्जाडेलाई निर्देशन दिएको बताए । उनले यो अस्पताल संचालनमा आए पछि कोरोनाका बिरामीको उपचारमा केही भए पनि सहजता आउने बताए ।
रकम अभाव भएका बेला प्रदेश सरकारले २५ लाख रकम बिनियोजन गरी पठाउने निर्णय गरे पछि आफुहरु उत्साही भएको मेसु बन्जाडेले बताए । अस्पतालमा केही दिन मै कोरोनाका बिरामीहरुलाइृ राखेर उपचार सूू्ररु गर्ने उनले बताए ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया