

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्दा दर्जनौँ पक्राउ, ३ जना कारागार चलान



भैरहवा ।
रुपन्देही जिल्लामा निषेधाज्ञाको अवज्ञा गर्ने आठ जनालाई पक्राउ गरी कारवाही गरिएको छ। जिल्लामा संक्रमणको ग्राफको बढेपछि स्थानीय प्रशासनले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाएको छ।
निषेधाज्ञाको अवज्ञा गरेर हिड्डुल गर्दा पक्राउ पर्नेमा काठमाडौँका ५२ वर्षीय हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ का ३४ वर्षीय महेन्द्र कोहार, मायादेवी ४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका (भैरहवा) ८ का २८ वर्षीय श्याम दुबे, सिद्धार्गजगरका ९ का ३८ वर्षीय ईरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ वर्षीय प्रितम कुवँर र ३४ वर्षीय प्रेम कुवँर रहेका छन्।
निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाई बुझाई गर्दा पनि डिउटीमा प्रहरीलाई बाधा अवरोध पुर्याउने आठ जनालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी एंव प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए।
पक्राउ परेकालाई आवश्यक कारवाहीका जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरु मध्ये ७ जनालाई जनही एक महिना कैद वा सो बराबरको जरिवाना ९ हजार एक सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गरेका थिए।
जसमध्ये ५ जनाले कैद र जरिवाना बापतको रकम दाखिला गरेपछि छाडिएको र अन्य ३ जना दिनेश यादव, श्याम दुवे र महेन्द्र कोहारले कैद वा सो बराबरको जरिवना अनुरुप रकम नबुझाउदाँ उनीहरुलाई सजाए भुक्तानका लागि भैरहवा कारागारमा पठाइएको डीएसपी थापाले बताए।
त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २० वटा विभिन्न सवारी साधन र एक हजार चार सय ७० जना (पैदल यात्री २ सय समेत) लाई ‘होल्ड’ गरी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया