

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए


काठमाडौं
पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन् ।
सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ र भेन्टिलेटरमा १०७ जना रहेका छन् ।
कुन जिल्लामा कति कोरोना संक्रमति थपिए ?
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
यस्तै रुपन्देहीमा ५२८ जना, बाँकेमा ४८९ जना, कैलालीमा ३३९ जना, दाङमा १८१ जना, पर्सामा १५० जना, सुर्खेतमा १३६ जना, चितवनमा १३० र कास्कीमा १२२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै पाल्पामा ८६, झापामा ६५, कञ्चनपुरमा ६३, धनुषामा ६०, मोरङमा ५४, काभ्रेपलाञ्चोकमा ५१, कपिलवस्तु र नवलपरासी पश्चिममा ४१/४१, नुवाकोट र डोटीमा ३५/३५ जना, बारा र बैतडीमा ३०/३० जना, नवलपरासी पूर्वमा २७ जना, गुल्मी २६ जना, सिन्धुलीमा २५ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै महोत्तरी र बर्दियामा २४/२४ जना, रौतहट, सर्लाही र सिन्धुपाल्चोकमा २१/२१ जना, रामेछाप र गोरखामा १९/१९ जना, धादिङमा १७ जना, स्याङ्जा र अर्घाखाँचीमा १८/१८ जना, जुम्लामा १४ जना, अछाममा १३ जना, सल्यानमा १२ जना, रसुवा र प्युठानमा ११/११ जना, दोलखा, तनहुँ, लमजुङ र बझाङमा ९/९ जना, बागलुङमा ७ जना, ताप्लेजुङ, सप्तरी र डडेल्धुरामा ८/८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै दैलेखमा ६ जना, उदयपुर, पर्वत, म्याग्दी र रूकुम पश्चिममा ५/५ जना, ओखलढुंगा र मकवानपुरमा ४/४ जना, धनकुटा, रूकुम पूर्व, रोल्पा र जाजरकोटमा ३/३ जना, दार्चुलामा २ जना र खोटाङ, भोजपुर, कालीकोट, डोल्पा, हुम्ला र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै बिहीबार ९ वर्षमुनिका ८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्षमुनिका २९५ जना कोरोना संक्रमित भेटिएका छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया