

कपिलवस्तुको बाणगंगामा ४५ बर्षीय पुरुषको कोरोनाको कारण ज्यान गयो





कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । वडा नम्बर ४ जितपुरको कपिलवस्तु सामुदायिक अस्पताल नजिकै घर भएका ४५ बर्षीय पुरुषको उपचारको क्रममा काठमाण्डौँमा ज्यान गएको हो । यस खबरलाई स्वास्थ्य कार्यालयले पुष्टि गर्न बाँकी छ ।भारतको गुजरातबाट घर आएका उनलाई सुरुमा ज्वरो आएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना देखिएपछि भैरहवा लगिएको बताइएको छ ।
श्वास फेर्न बढी समस्या भएपछि क्रिमसन अस्पतालबाट उनलाई काठमाण्डौँ रिफर गरेपछि बुटवलबाट हेलिकप्टर चार्टर गरी काठमाण्डौँ लगिएकोमा गयराति ज्यान गएको आफन्तले बताएका छन् । उनी भारतमा राम्रै कम्पनीमा काम गर्थे । उहाँ घर नपसी सिधै अस्पताल गएको आफन्तले बताए ।
कोरोनाको दोश्रो लहरको भेरियन्ट संक्रमणका कारण बाणगंगामा ज्यान जानेको संख्या ४ पुगेको छ । यहाँ हिजोमात्र ५ जना नयाँ संक्रमित थपिएका थिए । यस्तै जिल्लामा अहिलेसम्म ३९ जनाको कोरोनाको कारण ज्यान गैसकेको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया