

बुटवलमा कोरोना पोजेटिभ भए ३० र नेगेटिभ भए ४५ मिनेटमै जाँच गर्ने प्रविधि





३० श्रावण २०७७ शुक्रबार
बुटवल, कोरोना जाँचमा ढिलाई भएर मुलुकको नेतृत्वको आलोचना भइरहेको बेला प्रदेश ५ बासीको लागि भने खुसीको खबर आएको छ । प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मा ३० मिनेट भित्रै कोरोना जाँच गर्न सकिने प्रविधि भित्रिएपछि यो सबैको लागि खुसीको खबर बनेको छ । अर्थात् प्रादेशिक अस्पतालमा अब कोरोनाको कोरोनाको द्रुत परीक्षण हुने छ ।

यो सेवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुक्रबार उद्घाटन गर्नु भएको छ । उहाँले सो मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा सुरु गर्नु भयो । कोभिड १९ को संकास्पद बिरामीको रिर्पोट पोजिटिभ भए अब ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले बताउनु भयो ।
उहाँले अस्पतालको आकस्मिक कक्षमा आउने गम्भिर प्रकारका विरामीमा कोरोना संक्रमण देखिन थालेपछि यस्तो सेवा सुरु गरिएको बताउनु भयो ।
अस्पतालका अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले अस्पतालमा धेरै सेवाहरु वृद्धि गर्ने क्रममा यस प्रकारको प्रविधि थप भएको बताउनु भयो । उहाँले अब प्रदेशमा कोरोना परीक्षणको दायरा पनि बढ्नेमा विशवास गर्नु भएको छ ।
अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले अन्य मेशिनको तुलनामा यसले छिटो रिर्पोट दिने हुदा प्रभावकारी बन्ने बताउनु भयो । क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिईने पनि उहाँको भनाई छ ।
हिजोको अस्पताल र अहिलेको प्रादेशिक अस्पतालमा धेरै कुरामा फरक आएको अध्यक्ष भट्टराईले बताउनु भयो । उहाँका अनुसार अहिले भौतिक संरचनादेखि सेवा बिस्तारमा उल्लेखनीय प्रगति भएको बताउनु भयो ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया