

भारतमा महत्त्वपूर्ण उपकरण आपूर्ति गर्ने डब्ल्यूएचओकाे तयारी

काठमाण्डाै
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ ।
डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको महत्त्वपूर्ण उपकरण आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताउनुभएको छ ।
अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रीत गरेर आफूहरुले काम गरेको उहाँले बताउनुभएको छ ।
भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमित निक्कै धेरै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख १९ हजार ४ सय ३२ जना सङ्क्रमित थपिएका छन् । यो हिजोको तुलनामा थपिने संख्या झण्डै ३५ हजार कम हो। यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६४ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ ।
कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैया पाउन पनि मुस्किल छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया