

आईपीएलमा कोलकाताले पञ्जाबलाई पाँच विकेटले हरायो



काठमाण्डाै
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले हराएको छ ।
अहमदाबादमा पञ्जाबले दिएको एक सय २४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर चार बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टायाे। कोलकाताको लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन मात्रै बनायो ।
उसका लागि मयाङ्क अग्रवालले सर्वाधिक ३१ रन बनाए । कोलकाता चार अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने समान अङ्क रहको पञ्जाब छैठौं स्थानमा छ ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया