

पछिल्लो २४ घण्टामा तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण


काठमाण्डाै
पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज काेराेना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।
२४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेकाे छ । यस्तै थप २८ जनाकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार एक सय ६४ पुगेकाे छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया