

छात्रावास बसेर पढदै गरेकी बिद्यार्थीकाे ज्यान गयाे


बुटवल
रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा अध्यनरत छात्राको मृत्यु भएपछि बिद्यालयमा तनाव उत्पन्न भएकाे छ ।
विद्यालयको छात्रावासमा बसेर एसईई परिक्षाकाे तयारी गरिरहेकी नयाँमिलकै प्रतिमा सापकोटा अस्वस्थ भएपछि उपचारका लागि अस्पताल लगिएकोमा अकस्मात मृत्यु भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीका आफन्त भास्कर भण्डारीले विद्यालयबाट दिउँसो १ बजेतिर प्रतिमा बिरामी भएकोले अस्पताल लगिएको भन्दै परिवारलाई खबर गरेको र आफुहरु अस्पताल पुगेको केही समयमै उनको मृत्यु भएको बताए ।
उनलाई सनिवार बिहान उच्च ज्वरो आउने, टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल लगिएको विद्यालयले जनाएको छ ।
उनिसगै छात्राबासमा बसेर अध्यययन गरिरहेका अरु विद्यार्थीमा पनि टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको भण्डारीले बताए । विद्यालयले केही विद्यार्थीहरुलाई घर पठाईसकेको छ भने ३० जना जति विद्यार्थी विद्यालयमै रहेको र पिसिआर परिक्षणको लागि पहल भईरहेको उनले बताए ।
एसईई र आईतवारदेखि सुरु हुन लागेको कक्षा आठको परिक्षाको लागि विद्यार्थीहरुले छात्रावासमै बसेर तयारी गरिरहेको विद्यालयले जनाएको छ ।
अहिले बालिकाका आफन्त र बिद्यालय प्रशासनका बिच छलफल भई रहेको प्रहरी जनाएको छ ।
त्यस्तै कक्षा सात सम्मका विद्यार्थीहरुको परिक्षा संचालन भईरहेको थियो । अभिभावक र सरकारले समेत काेभिडकाे जाेखिम बढेकाे भन्दै बिद्यालय बन्द गर्न गरेको अाग्रहलाई प्याव्सन र एन प्याव्सनले अटेर गर्दै आएका छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया