

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि




काठमाडौं
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।
कुशल मल्लसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी-२० अन्तराष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।
साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको हो । यसअघि सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।
उत्कृष्ट बलिङ
डच टोलीलाई तीन अंकको स्कोर समेत बनाउन नदिने क्रममा नेपाली बलरहरूले यस सिरिजकै उत्कृष्ट प्रदर्शन गरे । नेदरल्याण्ड्सका लागि सेबास्टिएन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । यस्तै म्याक्स ओ डोले २० र कप्तान पिटर सिलारले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सको सुरुवात राम्रो हुन सकेन । नेपारल्याण्ड्सले दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई २ रन गुमायो । उनलाई आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे ।
चौथो ओभरको अन्तिम बलमा बेन कुपर आउट भए । कमल सिंह ऐरीको बलमा उनलाई उनलाई कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट क्याच गर्दै आउट गरे । पाँचौ ओभरको पाँचौं बलमा कुशल भुर्तेलले उत्कृष्ट रनआउट गरे । एक रन बनाएका डच बास डेलाई लिड पोइन्टमा रहेका भुर्तेलको डिरेक्ट हिटमा रनआउट भए ।
छैटौं ओभरको चौथो बलमा करण केसीले नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डोडलाई बोल्ड गरे । १९ बलको समना गरेका ओ डोडले दुई चौका र एक छक्काको मद्दतमा २० रन जोडेका थिए । विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ६ ओभरको पावर प्लेमा ४ विकेट गुमाएर ३७ रन मात्र बनाएको थियो ।
त्यसपछि पनि नेपाल बलरहरुले नेदरल्याण्ड्सका ब्याट्सम्यानहरुलाई खेलमा फर्किने अवसर नै दिएनन् ।
करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा अविनाश बोहोराका नाममा एक विकेट रहृयो ।
कुशलको उत्कृष्ट प्रदर्शन जारी रहँदा अर्का कुशलको अर्धशतक
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।
ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।
कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका थिए । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।
कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया