

बुद्धभुमिमा लाग्ने साप्ताहिक हाटबजार बैशाख १५ देखि बन्द हुने




कपिलवस्तु
विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै बुद्धभूमि नगरकार्यपालिकाको वैठक आज सकिएको छ । नगरपालिकामा आज बसेको कार्यपालिका बैठकले कोरोनाको दोस्रो लहर अर्थात को–भेरियन्टको संक्रमण जिल्लामा पनि फैलि रहेको जनाउँदै अहिलेको विषम परिस्थितिमा वैशाख १५ पछि नगरभित्र लाग्ने सम्पूर्ण हाट बजारहरु बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै बडाहरा क्याम्पसमा आइसोलेसन पुनः सञ्चालन गर्ने, आवस्यकता अनुसार पिसिआर परिक्षणलाई पनि पुनः सूचारु गर्ने निर्णय गरेको नगर प्रमुख केशब कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन सचेतनामूलक माईकिङ तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने, आगामी आर्थिक वर्ष ०७८।०७९ को लागि वडा मार्फत योजना संकलन गर्ने, गौतमबुद्ध मुटु अस्पताल बुटवललाई नगरले सहयोग गर्ने र त्यसबापत अस्पतालले मुटु सम्बन्धि विरामीलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय पनि कार्यपालिका वैठकले गरेको छ ।
वैठकमा बुद्धभूमि छात्रा प्राविधिक शिक्षा अध्ययन छात्रवृति वितरण सम्बन्धी कार्यविधि २०७८ को विषयमा छलफल गरिएको मेयर श्रेष्ठले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया