

सन्दीपको टी-२० क्रिकेटमा १०० औं खेल पूरा



काठमाडौं
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० औं खेल पूरा गरेका छन् । २० वर्षीय सन्दीपले त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध बिहीबार खेलेको खेलबाट १०० औं खेल पूरा गरेका हुन् ।
उनी १०० वटा टी-२० खेल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनेका छन् । बिहीबार आफ्नो १०० औं खेलमा मलेसियाविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ४२ रन खर्चेर ३ विकेट लिए । काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा सन्दीपले अहिलेसम्म ४ खेलमा ११ विकेट लिइसकेका छन् ।
पहिलो खेलमा नेदरल्याण्ड्ससंग २ विकेट लिएका उनले त्यसपछि मलेसिया विरुद्ध २ र नेदरल्याण्ड्स विरुद्ध ४ विकेट लिएका थिए । सन्दीपले नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ४५ विकेट समेत लिएका छन् ।
२५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका सन्दीपले ७५ टी-२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगहरुमा खेलेका थिए । उनले १०० वटा खेलमा १३६ विकेट लिइसकेका छन् । नेपालका लागि २४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका उनले एक खेल भने वर्ल्ड ११ का लागि खेलेका थिए ।
सन्दीपले वेष्टइन्डिज विरुद्ध वर्ल्ड ११ का लागि खेल्दै ३१ मे २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले त्यसअघि १२ मे २०१८ मा तत्कालिन दिल्ली डेभरडेभिल्सका लागि रोoल च्यालेन्जर्स विरुद्ध खेल्दै टी-२० मा डेब्यु गरेका थिए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया