

त्रिदेशीय क्रिकेट शृङ्खला : नेदरल्याण्डद्वारा नेपाल पराजित


काठमाडौं
त्रिदेशीय क्रिकेट शृङ्खलामा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो ।
सन्दीप लामिछानेले गरेको १८ औँ ओभर नेदरल्याण्डका लागि टर्निङ प्वाइन्ट बन्यो । सन्दीपको एकै ओभरमा पिटर सिलरले तीन छक्का हिर्काएका थिए ।
नेदरल्याण्डका लागि बास डी लिड नायक बने उनले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै ८१ रन बनाए । बेन कुपरले ५५ तथा सिलरले ३१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४६ बलमा ८ चौका र १ छक्का हिर्काए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिए । उनले यसक्रममा ३ चौका र ५ छक्का हिर्काए । सोमपाल कामी र कप्तान ज्ञानेन्द्र मल्लले क्रमशः २१ र २० रन बनाए ।
नेदरल्याण्डका लागि भिभियन किङ्मा र पिटर सिलारले २–२ विकेट लिए ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया