

कोरोना संक्रमणको हटस्पट बन्यो बाँके, बैशाख ९ गतेबाट पुनः लकडाउन



नेपालगन्ज
कोरोना संक्रमणको दोस्रो लहर तीब्र रुपमा फैलिन थालेपछि बाँकेमा बैशाख ९ गतेदेखि पुनः लकडाउन गर्ने भएको छ । पछिल्लो समय दिनप्रति दिन तीब्र रुपमा कोरोना संक्रमित बढ्न थालेपछि डीसीसीएमसीले लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना कहरले दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति अन्ततः ‘लकडाउन’ गर्ने निष्कर्षमा पुगेको हो ।
डीसीसीएमसीको मंगलवार बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथाम तथा न्यूनीकरणका लागि बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बिगत एक सातादेखि हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
‘सिफारिस आएको छ । के–कस्तो अवस्थामा र कहिलेसम्म भन्ने बिषयमा होमवर्क गर्दैछौं’, प्रजिअ गेलालले भने, ‘दैनिक संक्रमण बढेपछि यही ९ गतेबाट लकडाउन हुन्छ ।’
कोरोना संक्रमित र मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।
एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना बिशेष वार्डहरु भरिभराउ भएका छन् । गत सोमबार मात्र ३ सय २२ जना कोरोना संक्रमित फेला परेका थिए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया