सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट सूचना जारी भएपछि संसद अधिवेशन अन्त्य भएको हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद् सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो ।
हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।











प्रतिक्रिया