

गृहमन्त्री थापाको सांसद र मन्त्री पद गयो

काठमाडौं
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ ।
नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए । थापाको पद गुमेपछि अब उनले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो ।
मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्।
बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया