

त्रिदेशीय सिरिज : आज मलेसिया र नेदरल्यान्ड्सले खेल्दै



काठमाडौं । त्रिदेशीय टि(२० क्रिकेट सिरिजमा आज मलेसिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्स मलेसियाविरुद्ध भने जित निकाल्ने लक्ष्यमा हुनेछ ।
टियु क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्सबीचको खेल मध्यान्ह १२ः१५ मा सुरु हुनेछ । त्रिदेशीय सिरिजमा मलेसियाको यो पहिलो खेल हो भने नेदरल्यान्ड्सको दोस्रो खेल हो । नेदरल्यान्ड्सलाई हराउँदै विजयी सुरुवात गर्ने लक्ष्यमा मलेसिया हुनेछ ।
यसअघि शनिबार भएको पहिलो खेलमा आयोजक नेपालसँग नेदरल्यान्ड्स ९ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले दिएको १३७ रनको मध्यम लक्ष्य नेपालले १५ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि डेब्यु खेलाडी कुशल भुर्तेलले ४६ बलमा ६२ र आशिफ शेखले ३८ बलमा अविजित ५४ रन बनाएका थिए ।
डबल राउन्ड रोविनको आधारमा सञ्चालन भएको त्रिदेशीय सिरिजको शीर्ष दुईमा पर्ने टिमले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल ११ गते हुनेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया