

ठूला सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस : सीसीएमसी



काठमाण्डौ
काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।
आज बसेको बैठकले कोरोना महामारीले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस पनि सीसीएमसीले गरेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया