

बाणगंगामा बैशाख १२ बाट बार्षिक परीक्षा संचालन हुने



कपिलवस्तु ।
देशभर कोरोना भाईरस अर्थात कोभिड –१९ को दोस्रो लहर सुरु हुने जोखिम बढेपछि कपिलवस्तुको वाणगंगा नगरपालिका अन्तरर्गतका विद्यालयमा वार्षिक परीक्षा छिटो हुने भएको छ ।
आज नगरपालिका अन्तरर्गत प्रधानाध्यापकहरु सहित बसेको बैठकले यहि बैशाख १२ गते देखि नगर स्तरिय सबै तहका परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको उच्च जोखिममा विद्यालय र बालबालिका बढी पर्ने देखिएपछि कोरोनाले निम्ताएको जटिल परिस्थितिले वार्षिक परीक्षा छिटो गर्नुपरेको नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार मात्रै कपिलवस्तुका दुई छिमेकी जिल्ला कोरोनाको जोखिममा रहेको भन्दै विद्यालय नजान र भिडभाड नगर्न आग्रह गरे सँगै कपिलवस्तुमा सावधानी अपनाइएको हो ।
आउँदो जेठ महिनामा वार्षिक परीक्षा संचालन गर्ने पुर्व निर्धारीत तालिका रहे पनि बाणगंगा नगरपालिकामा बैशाख १२ गते बाटै नगरभरका सबै विद्यालयमा दुई चरणमा परीक्षा संचालन गर्ने गरी सम्बन्धित सबै विद्यालयहरुलाई नगरपालिकाले निर्देशन गरेको छ ।
नगरपालिकाको निर्देशन सँगै नगरपालिका भित्रका विद्यालयहरुले परीक्षा संचालनको तयारी थालेका छन् । परीक्षा अवधिभर पनि कोरोना संक्रमणको जोखिमबाट बच्ने स्वास्थ्य सुरक्षा सावधानीका सबै उपायहरु अपनाउन आग्रह गरिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया