प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाण्डाै

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार (भोलि) का लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले शनिवार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया

खबर सबै