
हेलिकप्टरमा सिन्धुपाल्चोक गए सभामुख सापकोटा

ई–साझाकुरा, साउन ३०
सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि गएका हुन् ।
सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ ।

टोलीबाट हुने प्रारिम्भक ब्रिफिङका आधारमा थप मद्दत टोली पनि पठाइने उनले बताए । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् । कति बेपत्ता छन् भन्ने यकिन भइनसकेको उनले बताइन् ।
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया