

विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो भयो : उर्जा मन्त्री

काठमाडौं
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् ।
अखिल छैठौंले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वमा निरंकुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताए ।
एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । परिवर्तित समाजमा मार्क्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरू महत्त्वपूर्ण भए पनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो हुने पनि बताए ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताए । अहिले समाजवादको राजनीतिक प्रवृत्ति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरू विस्थापन नभएको उनले बताए ।
संसद विघटनदेखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रबाट भएको पनि बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धारापमा परेको टिप्पणी गरे । ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता सबै धरापमा परेको पनि उनले बताए ।
नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशीविदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका उनले बताए ।
नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले अझै पनि क्रान्ति सफल नभएको बताए । क्रान्ति पूरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नुपर्ने उनले बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया